काठमाडौं,१९ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासविच तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।
खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको मंगलबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
ब्रेनस्टोकबाट पीडित खतिवडा केही सातादेखि उपचाररत थिइन्। खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय खतिवडाका तीन छोरी र एक छोरा रहेका छन् ।