Logo

क्रिश्चियन धर्म प्रचारकलाई हिन्दु सम्राट सेनाको कालोमोसो, दुई जना प्रहरी नियन्त्रणमा



काठमाडौं, १९ भदौ । हिन्दु धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा हिन्दु सम्राट सेनाको समुहले दुई जनालाई कालोमोसो दलेको छ ।

आज (मंगलबार) जनकपुरधामको परिक्रमा सडकमा धर्म प्रचार गर्दै गरेको अवस्थामा उनीहरुलाई कालोमोसो दली प्रहरीलाई जिम्मा लगाइएको बताइएको छ ।

अहिले उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । पक्राउ परेका दुई जना श्रीमान–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्