Logo

लेखा समितिमा सीए राखौं, पूर्वअर्थमन्त्री नराखौंः सांसद अमरेशकुमार सिंह



काठमाडौं,१९ भदौ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिको बैठकमा अडिट गर्नका लागि सीएलाई राख्ने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा बोल्दै सिंहले समितिमा पूर्व अर्थमन्त्री तथा अन्य मन्त्रीहरुलाई राख्दा स्वार्थ बाझिनेहुँदा उनीहरुलाई नराख्न पनि सांसद सिंहले माग गरे ।

उनले पहिले आफूहरु पारदर्शी हुनुपर्ने बताए । भने, “हामी पहिले आफै पारदर्शी बनौँ, देश विदेश जहाँबाट हेर्न चाहे पनि तीन करोड नेपालीले हेर्न पाउने व्यवस्था गरौँ ।”



प्रतिक्रिया दिनुहोस्