Logo

देउवाले सुनाए प्रहरी अधिकृत हटाएको कुरा



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवाले कर्मचारी प्रशासनले मन्त्रीको कुरा मान्नेपर्ने बताएका छन् । आज ९मंगलबार० कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कतिपय कुरा चित्त नबुझेपनि मन्त्रीको निर्देशन मान्न पर्ने बताए ।

आफू गृहमन्त्री हुँदाको घटना सुनाउँदै एक जना प्रहरी अधिकृतले मन्त्री भनेको भोलि गइहाल्छन् भनेर भनेको नमानेपछि हटाएको घटना स्मरण गराए । म जानुभन्दा पहिला तिमीलाई नै हटाउँछु भनेर प्रहरी अधिकृतलाई नै हटाइदिएको उनको भनाई थियो ।

‘म भर्खर गृहमन्त्री भएको थिएँ, एउटा पुलिस अफिरले यी गृहन्त्रीहरु भोलि गइहाल्छन् नि भने । म त जाउँला, तिमी चाहिँ जाउ भनेर निकालिदिएँ मैले । आउने जाने हो हामी त । त्यस कारणले नहुने कुराहरु गर्न हुँदैन,’– उनले भने ।

२०४८ सालमा गृहमन्त्री हुँदा देउवाले रत्न शमशेरलाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाएका थिए ।

नेपालमा विजुली सबैभन्दा बढि भएपनि खरिदकर्ता नभएकाले भारतसँगको सम्बन्ध राम्रो बनाइराख्न आवश्यक रहेको उनको भनाई छ । भारतसँगको सम्बन्ध राम्रो नभएमा नेपालले उत्पादन गरेको विजुली नकिन्ने उनले बताए ।

‘विजुली नेपालमा सबैभन्दा बढि छ । तर खरिदकर्ता भारतमात्रै छ । उसको कुरा पनि मान्नुपर्ने हुन्छ । खरिदकर्ताले विजुली किन्ने हो । उसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र हाम्रो विजुली बढि भएपनि उसले किन्दैकिन्दैन,’– उनले भने ।

चीन र भारत छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाइराख्नु नेपालको आवश्यकता र बाध्यता दुवै भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्