Logo

६० किलो सुन प्रकरणमा जोडिएपछि पूर्वउपराष्ट्रपति पुत्र दिपेशसँग सीआइबीले लियो बयान



काठमाडौं,१९ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा नाम जोडिएपछि पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पाशाङ)का छोरा दिपेश पुनसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बयान लिएको छ ।

सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग पनि सीआईबीले सोधपुछ गरेको हो ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सोमबार झिकाएर सोधपुछ गरिएको सीआइबी स्रोतले जनाएको छ।

दिपेशको नाम यसअघि पटक पटक सुन तस्करीसँग मुछिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै समाचार पनि सार्वजनिक भएको थियो। उक्त सुन प्रकरणमा सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका नेताहरुको नाम धमाधम जोडिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्