Logo

एमाले लुम्बिनी प्रदेश अधिवेशनः मतदान सकियो,केहीबेरमा गणना सुरू हुने



काठमाडौं,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्न भएको मतदान सपन्न भएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदान भर्खरै सकिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार १००४ जना प्रतिनिधिमभ्ये ९६५ मत खसेको छ । अध्यक्षमा प्यूठानका हरिप्रसाद रिजाल र पाल्पाका राधाकृष्ण कँडेल प्रतिस्पर्धामाा छन् । कँडेललाई उपाध्यक्ष विष्णु पौडेलसहित लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी, पार्टी सचिवद्धय गोर्कण विष्ट र छविलाल विश्वकर्माको समर्थन छ भने रिजाललाई एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप  ज्ञवालीलगायतका नेताहरुको समर्थन रहेको छ ।

मतदान सकिएसँगै आजै केहीबेरमा मत गणना थालिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले आजै रातीसम्मा गणना सक्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्