Logo

बालेन र प्रचण्डको अराजक प्रवृत्तिले देश चल्दैनः शेखर कोइराला



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहसम्मको शैली अराजक भएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) कांग्रेस निकट निजामति कर्मचारीहरुको टे«ड युनियले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेनको सिंहदरबार जाउने अभिव्यक्ति र प्रधानमन्त्री प्रचण्डको जातीय राज्य दिने अभिव्यक्ति दुवै अराजक भएको बताएका हुन् ।

‘काठमाडौंको मेयरले जुन बोल्नुभयो । देशको सबैभन्दा ठूलो महानगरको मेयरले त्यो अराजक किसिमले बोल्न हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य दिन्छौं भन्न मिल्दैन । यो कुरालाई गम्भीर रुपले पार्टीले लिनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्