Logo

प्रचण्डले खोजे ओलीको साथ



काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा संसद्मा विचाराधीन मनी लाउन्डिङ विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सहयोग मागेको बताइएको छ ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार अध्यक्ष ओलीले संसद्बाट विधेय पारित हुनुपर्छ भन्नेमा आफू सकारात्मक रहेको बताएका छन् । उनका अनुसार ओलीले मानव अधिकार र सर्वोच्च अदालतको फैसला प्रतिकूल हुने गरी विधेयक ल्याउन नसकिने बताएका थिए ।

‘संसद्मा मनी लाउन्डिङ, टिआरसी विधेयक लगायतको विषयमा काम भइराखेको छ । यी नै विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । उहाँ (प्रधानमन्त्री) अमेरिका भ्रमणमा जाँदा हुनुहुन्छ, त्यहाँ जानुपूर्व यीनै विषयमा उहाँले छलफल गर्न चाहनुभयो,’– एमाले सचेतक महेश बर्तौलाले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot