Logo

प्रधानमन्त्री भेट्न मानव अधिकार आयोगको टोली पुग्यो सिंहदरबार



काठमाडौं,१९ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

कंगलबार दिउँसो आयोगका अध्यक्ष तपबहादुर मगर, सदस्यहरु डा। सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको मानव अधिकारको अवस्था, मानवअधिकार आयोगको नयाँ ऐन निर्माण र मानवअधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगले जनाएको छ ।

भेटमा आयोगका अध्यक्ष मगरले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नको लागि राष्ट्रिय मानवअधिकार आयोग ऐनमा पेरिस सिद्धान्त बमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीहरुको नियुक्ति, कर्मचारीहरुको वृत्ति विकासको सुनिश्चितता लगायतका विषयलाई समेट्नुपर्ने बताएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आयोगको स्तर ए श्रेणीमै कायम राख्नको लागि आवश्यक पहल गर्ने बताउँँदै पेरिस सिद्धान्त बमोजिम हुने गरी राष्ट्रिय मानवअधिकार आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्