Logo

विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन (तस्बिरहरु)



काठमाडौं,२० भदौ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ ।

बुधबार उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।

प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।

चार्जिङ स्टेशन बनाउन चाहने निजी क्षेत्रलाई बिजुलीको प्रबन्ध प्राधिकरणले नै गर्छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।

तस्बिरहरु: मुकुन्द कालिकोटे-रिर्पोटस नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्