Logo

विद्युत प्राधिकरणले कहाँ-कहाँ बनायो चार्जिङ स्टेशन?(सूचीसहित)



काठमाडौं,२० भदौ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसनको एकैसाथ उद्घाटन गरिएको छ ।

बुधबार उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।

प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो । प्राधिकरणले आफ्नो लगानी, एसियाली विकास बैंकको सहूलियतपूर्ण ऋण र नर्वे सरकारको प्राविधिक सहयोगमा उक्त परियोजना अगाडि बढाएको थियो । कूल ४० करोडको लगानीमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिएको हो।

चार्जिङ स्टेशन बनाउन चाहने निजी क्षेत्रलाई बिजुलीको प्रबन्ध प्राधिकरणले नै गर्छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।

प्राधिकरणले निर्माण गरेको चार्जिङ सटेशन उद्धघाटन गर्दै उर्जामन्त्र िबस्नेतले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सरकारले सहुलियत उपलब्ध गराउन प्रतिवद्ध रहेको बताएका छन् ।

कहाँ कहाँ निर्माण भयो चार्जिङ स्टेशन ?

प्राधिकरणका अनुसार २ वर्षको अवधिमा काठमाडौंमा ४ सहित देशका ३३ स्थानमा गरि ५१ ठाउँमा निर्माण गरिएको छ । काठमाडौंमा साझा सेवा बल्खुमा २ वटा, नेपाल विद्युत प्राधिकरण रत्नपार्कमा एउट र नेपाल पुलिस क्लब भृकुटिमण्डपमा एउटागरि ४ स्थानमा चार्जिङ स्टेशन निर्माण भएका छन् ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेशनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ। ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेशनको सफ्टवेयर राखिने छ।

५१ वटै स्टेशनको कन्ट्रोल काठमाडौँबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।

१ धार्के धादिङ २
२ मुग्लिङ चितवन १
३ साझा सेवाबल्खु काठमाडौं २
४ साझा सेवापुल्चोक ललितपुर १
५ नेपालविद्युतप्राधिकरण, रत्नपार्क काठमाडौं १
६ नेपालपुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
७ पारस बसपार्क चितवन २
८ खुर्कोट सिन्धुली २
९ सिन्धुलीबसपार्क सिन्धुली १
१० इलाकाप्रहरी कार्यालय बर्दिबास महोत्तरी २
११ हरिवन सर्लाही २
१२ इनरुवाबसपार्क सुनसरी १
१३ प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
१४ कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
१५ पर्यटक बसपार्क पोखरा कास्की १
१६ दमक बसपार्क झापा २
१७ बेलकानगरपालिका उदयपुर २
१८ बिर्तामोड बसपार्क झापा २
१९ सुर्खेत बसपार्क सुर्खेत २
२० हेटौडा, रातमाटे मकवानपुर २
२१ विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
२२ प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
२३ बेगनास ताल, पोखरा कास्की १
२४ बुटवलबसपार्क रुपन्देही २
२५ इटहरी सुनसरी १
२६ विराटनगर मोरङ १
२७ कोहलपुर नयाँबसपार्क बाँके २
२८ धनगढी कैलाली २
२९ त्रिशूलीहावा घर नुवाकोट १
३० बट्टार, त्रिशूली नुवाकोट १
३१ कुश्मा पर्वत १
३२ लमहीबसपार्क दाङ २
३३ लम्की कैलाली १
जम्मा ५१
स्रोत: नेपाल विद्युत प्राधिकरण ।

 



प्रतिक्रिया दिनुहोस्