Logo

एसिया कप खेलेर फर्किएका कप्तान रोहितले विमानस्थलमा के भने ?



काठमाडौं,२० भदौ । एसिया कप क्रिकेट-२०२३ मा सहभागी भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

पाकिस्तान र श्रीलंकामा भएको खेलमा नेपाल आफूले खेलेका दुबै खेलमा पराजित भएपनि उत्कृष्ट प्रदर्शन गरेको थियो । जसको अहिले निक्कै चर्चा भइरहेको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २३८ रन र भारतसँग १० विकेटले पराजित भएको थियो ।

एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।
नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपबाट आफूहरुले धेरैकुरा सिक्ने मौका पाएको बताएका छन् ।

बुधबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले किकेटमा थप लगानी बढाउन सरकारसँग मागसमेत गरे ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले भने, ‘ अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इन्भेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ। डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’



प्रतिक्रिया दिनुहोस्