Logo

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा(तस्बिरहरु)



काठमाडौं,२० भदौ । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा पुगेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्न पौडेल कृष्ण मन्दिर पुगेका हुन् ।

आज हिन्दु धर्मावलम्वीहरुले धूमधानसँग भगवान श्रीकृष्णको जन्माष्टमी मनाईरहेका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिर्पोटस नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्