Logo

म एमाले र एकीकृत समाजवादीमा जानसक्छु, माओवादीमा जान सक्दिँनः वामदेव गौतम



काठमाडौं, २० भदौ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आफू नेकपा (एमाले) र एकीकृत समाजवादीमा जानसक्ने बताएका छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू माओवादी छोडेर एमाले वा नेकपा (एस) मा जान सक्ने बताएका हुन् ।

‘म नेकपा (एमाले) मा जानसक्छु, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिँन, किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो । राजनीतिक व्यक्तिको हत्यालाई चाहिँ माक्र्सवाद भन्छन् ?’– उनले प्रश्न गरे ।

अरु जेसुकै भएपनि जनयुद्धमा भएका राजनीतिक व्यक्तिको हत्याका सन्दर्भमा प्रचण्डले घर–घरमा गएर माफी माग्न आवश्यक रहेको उनको भनाई छ । प्रचण्डले गल्ती स्वीकार गरेर माफी नमागेसम्म त्यो पार्टीमा सदस्यता लिएर आफू जान नसक्ने उनको भनाई छ । संयुक्त रुपमा एउटै पार्टी बनाएको खण्डमा जान सकिने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्