Logo

विष्णु माझीको तीज गीत ‘बलमा’(पुतलीको भट्टी-१९) सार्वजनिक



काठमाडौं,२० भदौ । नेपाली नारीहरुको महानचाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन जम्माजम्मी १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा ह्वारह्वार्ती सार्वजनिक भईरहका छ्न ।

प्रत्येक वर्षको तीजमा सयौंको संख्यामा तीज गीत सार्वजनिक हुने गरेको छ । यद्धपि आम मानिसहरुले भने गायिका विष्णु माझीको स्वरमा सजिएको गीत नसुनेसम्म तीज आएको महसुश नै गर्दैनन् । गीत संगीतका पारखीहरु भन्छन् ‘जब विष्णु माझीको तीज गीत सार्वजनिक हुन्छ तव मात्रै तीजले छपक्कै छोपेको महशुस हुन्छ’ ।

गत २ वर्ष उनको ‘चरी जेलैमा’ नामका भाग एक र २ गीत बजारमा ब्लकबस्टर बन्यो गीतमात्रै ब्लकबस्टर बनेन् उक्त गीत विष्णुकै वास्तविक जीवनसँग मेल खाएको बताइयो । उनका श्रीमान् सुन्दरमणि अधिकारीविरुद्ध प्रहरीमा उजुरीसमेत पर्यो सुन्दरमणिले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो ।

उनै सुन्दरमणिकै संगीत र भिडियो निर्देशनमा माझीले यस वर्षको नयाँ तीज गीत ‘बलमा’ (पुतलीको भट्टी-१९) सार्वजनिक भएको छ । माझीको एकल स्वरमा रहेको उक्त गीत बुधबार साँझ युट्युबमा रिलिज भएको छ ।

सुन्दरमणि अधिकारीको शब्दर संगितमा सार्वजनिक गीतमा विष्णु माझीको स्वर रहेको छ । माझी झण्डै २ दशकदेखि गुमनाम रहेकी छन् । स्टुडियोमा गीत रेर्कड भइरहने गत सार्वजनिक भइरहे पनि माझी सार्वजनिकरुपमा नदेखिएको झण्डै २ दशक हुन लागिसकेको छ ।

जानकारहरु उनका श्रीमान सुन्दरमणि अधिकारीका कारण उनी सार्वजनिक रुपमा अगाडि नआएको दाबी गर्दछन् । यद्धपि विष्णुले भने २ वर्ष अगाडि गृह जिल्ला स्याङ्जा पुगेर आफूलाई कोही कसैले पनि दबाब नदिएको बताएकी थिइन् ।

यस्तो छ विष्णुको नयाँ तीज गीत बलमा 

 



प्रतिक्रिया दिनुहोस्