Logo

प्रधानमन्त्री प्रचण्डसहित तीन शीर्ष नेताहरुको आकस्मिक भेटवार्ता



काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली–देउवा आज (बुधबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका थिए । भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीको विदेश भ्रमण र संसद्मा विचाराधीन मनी लाउन्डिङ र टिआरसी विधेयकका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो पनि एमाले अध्यक्ष ओलीसँग सिंहदारमा विधेकका बारेमा छलफल गरेका थिए । हिजोको भेटमा प्रचण्डले टिआरसी विधेयकमा एमालेको साथ मागेको थिए । जवाफमा ओलीले अन्तराष्ट्रिय मानव अधिकारको मूल्य मान्तया विपरीत र गम्भी प्रकृतिको अपराधलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइए एमालेलाई स्वीकार्य नहुने बताएका थिए । File photo/RN

 

 



प्रतिक्रिया दिनुहोस्