Logo

एमाले लुम्बिनीको अध्यक्षमा पराजित रिजालको गुम्यो केन्द्रीय सदस्य पद



काठमाडौं,२० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षका दावेदार बनेका प्यूठानका हरिप्रसाद रिजालको केन्द्रीय सदस्य पद गुमेको छ ।

नेकपा एमालेको विधानको धारा ६७ को (४) अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुन्छ ।

रिजाल प्रदेश अध्यक्षमा उम्मेदवार बन्न केन्द्रीय सदस्यबाट राजीनामा दिएर मैदानमा प्रवश गरेका थिए । यद्धपि उनी असफल भए । आज बिहान सार्वजनिक मत परिणमअनुसार अध्यक्षमा निर्वाचित राधाकृष्ण कँडेलले ४७९ मत पाउँदा रिजालले ४७७ मत पाएका थिए । एमालेको विधानमा प्रदेश अध्यक्ष एमालेको पदेन पोलिटब्यूरो सदस्य रहने व्यवस्था रहेको छ ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका रिजाललाइ पार्टी महासचिव शंकर पोखरेलको समर्थन रहेको थियो भने निर्वाचित अध्यक्ष कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताईन्छ । महासचिव पोखरेल निकट भएका कारण रिजालले केही समयमै पुनः केन्द्रीय सदस्यमा मनोनीत हुने वा अन्य महत्वपूर्ण जिम्मेवारी पाउने एमाले नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्