Logo

प्रचण्ड ऐतिहासिक र सफल प्रधानमन्त्रीः मन्त्री यादव (भिडिओसहित)



काठमाडौं, २१ भदौ । खानेपानी मन्त्री महिन्द्र राय यादवले सरकारले सुशासन, समृद्धि र शान्तिलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालको इतिहासमा ऐतिहासिक काम गरेको दाबी गरे । श्रद्धाञ्जलीका लागि हो ?

‘यो गठबन्धनको सरकार बनेको छ, त्यसको प्रथम काम भनेको सुशासन, समृद्धि र शान्ति नै हो । नेपालको इतिहासमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक काम गर्नु भएको छ । उहाँ सफल र ऐतिहासिक प्रधानमन्त्री हो,’– उनले भने ।

नेपाली जनताले राजनीतिक स्थिरता चाहेकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार बनाएको उनको दाबी छ । त्यसैगरी, विगतमा प्रधानमन्त्रीहरुले भ्रष्टाचार उन्मुलन गर्छु, सुशासन कायम गर्छु भनेपनि काम नगरेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यस पटक सुशासन, भ्रष्टाचार उन्मूलन र संविधानको रक्षा गरेको बताए । प्रचण्डले देशलाई दुर्घटनाबाट बचाएको र संविधानको रक्षा गरेको उनको दाबी छ ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार अराजकता भएको उनले बताए । यस्ता प्रकारका अराजकता सरकारले नियन्त्रण गर्ने उनको भनाई छ । जनताको शान्ति सुरक्षा र जिउ धनको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै उनले कानुन हातमा लिने जो कोहीमाथि कारबाही अगाडि बढ्ने उनको भनाई छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्