Logo

संसदीय समितिले बोलाएको बैठकमा गएनन् प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,२१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक छलेका छन् ।

संसदीय समितिले आज प्रधानमन्त्रीसँग हप्ता हुने चीन भ्रमण र चीनले हालै जारी गरेको नयाँ नक्सा लगायतका बारेमा छलफल गर्न बोलाएको थियो । तर उनी अनुपस्थित भएका छन् । प्रचण्ड अनुपस्थित भएपछि संसदीय समितिले परराष्ट्रमन्त्री एनपी साउदसँग भने छलफल गरेको छ ।

आजको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित रहेका थिए । प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएकोबारे कारण भने प्रष्ट भइसकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्