Logo

वडाध्यक्ष रिजालको अन्तिम श्रद्धाञ्जली सभा (फोटोफिचर)



काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएका रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको थियो ।

रिजाललाई श्रद्धाञ्जली दिन महानगर प्रमुख शाह नगरप्रहरी प्रमुख राजु पाण्डेसहित राष्ट्रिय सभागृहमा पुगेका थिए ।

रिजाललाई श्रद्धाञ्जली अपर्ण गर्न विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणहरु पनि पुगेका थिए ।

उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिएको थियो । त्यसैगरी १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने र दिउँसो २ः३० बजे दाहसंस्कार गरिने बताइएको छ ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्