काठमाडौं,२१ भदौ । केशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाई सकिएको छ ।
सर्वोच्चका न्यायाधीशत्रय कुमार चुडाल, नहकुल सुवेदी र सपना प्रधान मल्ल सम्मिलित पूर्ण इजलासमा आजबाट सुनुवाई सकिएको हो । आज रिट निवेदन हिक्मतकुमार कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई र रमेश बडालले जबाफी बहस गरेका थिए ।
गत भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनेक्रममा सभा अध्यक्ष ईस्राइल मन्सुरीलाई पनि मतदान गर्न लगाएपछि पूर्व मुख्यमन्त्री कार्की सर्वोच्च अदालत गएका थिए ।
कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दिर्घकालिन असर गर्ने कुनैपनि निर्णय नर्गन अन्तरिम आदेश जारी गरेको थियो । भने सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
जवाफी बहस सकिएसँगै आजै फैसला सुनाउने तयारी भइरहेको उच्च स्रोतले जनाकएको छ ।