Logo

विराटनगरमा चार हजार नेता/कार्यकर्ता उतार्दै समाजवादी मोर्चा



काठमाडौं, २१ भदौ । चार दलीय समाजवादी मोर्चाले कोशी प्रदेशस्तरीय सन्देश सभामा चार हजारभन्दा बढि नेता तथा कार्यकर्ता उतार्ने भएको छ । कोशी प्रदेशस्तरीय सन्देश सभामा आगामी भदौ २५ गते विराटनगरमा हुँदैछ ।

नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा बनेको हो । कार्यक्रममालाई दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव विप्लव सी, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्