Logo

प्रतिनिधि सभा बैठक जारी {LIVE}



काठमाडौं, २१ भदौ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज (बिहीबार) दिउँसो १ बजेबाट बैठक जारी रहेको हो ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन पेस गर्नेसमेत कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्