Logo

रेजिसा मृत्यु प्रकरणः कान्तिबाल अस्पतालको व्यवस्थापन समिति र निर्देशकलाई अनुसन्धानको दायरामा ल्याउन एमालेको माग



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कान्तिबाल अस्पतालको चरम लाहप्रवाही र गैरजिम्मेवारीका कारण उचार नपाएर बालिकाको मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अस्पतालभित्रको चमर लाहप्रवाही र बेथितिका कारण पाँच वर्षिय बालिकाले उपचार नपाएर ज्यान गुमाउन परेको बताए ।

उपचारको लागि पटक–पटक त्यहाँका कर्मचारी र सेक्युरेटी गार्डलाई ती बालिकाको स्वास्थ्य अवूस्थाबारे जानकारी गराउँदा पनि अस्पतालतको आकस्मिक कक्षको ढोका नखोलिएको उनको भनाई छ ।

बालिकाको अवस्था अत्यन्तै नाजुक हुँदै गएपछि बालिकाका हजुरबुबाले सेक्युरेटी गार्डलाई जबरजस्ती ठेलेर आकस्मिक कक्षमा पुर्याउँदा त्यसको १०/१५ मिनेटमा रेजिसाको मृत्यु भएको उनले बताए । यस विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा आएर घटनाको बारेमा सिंगो संसद् र देशलाई बताउन पर्नेमा त्यसो नभएको भन्दै आपत्ति जनाए ।

ं‘त्यो घटनामा, लाहप्रवाही र गैरजिम्मेवारीमा जोडिएको अस्पताल व्यवस्थापन समिति, त्यहाँको निर्देशक लगायतको टिमलाई अनुसन्धानमा ल्याइयोस् र दोषीमाथि कारबाही गरियोस्,’– उनले भने ।

पीडितले न्याय पाउनु पर्ने र न्याय पाउने कुराको सुनिश्चितता सरकारले गर्नु पर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot