Logo

‘प्रधानमन्त्रीलाई तीन करोड नेपालीको साथ छ, चीन जाँदा नक्साबारे कुरा गर्न खुट्टा नकमाउनुस्’



काठमाडौं, २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले चीनले नेपालको भू–भाग भारततिर राखेर नयाँ नक्सा जारी गरेमा आपत्ति जनाएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संसद्ले एकमत भएर जारी गरेको चुच्चे नक्सा भारतले स्वीकार नगर्दा सार्वभौम नेपालीहरुको मन दुखेको बताए ।

उनले परराष्ट्र मन्त्रालयले नयाँ नक्सा जारी भएपछि अन्तराष्ट्रिय समुदायलाई पत्राचार नगर्नुले नेपालको परराष्ट्र नीति कमजोर रहेको स्पष्ट भएको बताए । उनले सदनमार्फत परराष्ट्र मन्त्रालयलाई उक्त विषयलाई प्राथमिकतामा राखेर कूटनीतिक नोटमार्फत छिमेकी राष्ट्रलाई नेपालको भू–भाग नेपालको नक्सामा राख्न पहल गर्न ध्यानाकार्षण गराए ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा पनि यो विषमा पहल गर्न उनले आग्रह गरे । नेपाली माटोको रक्षा गर्न खुट्टा नकमाउन पनि उनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

‘प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा नेपाली भू–भागबारे कुटनीतिक पहल होस् । नेपाली माटोको रक्षा गर्न खुट्टा नकामोस् प्रधानमन्त्री ज्यू । तपाईँलाई तीन करोड नेपाली जनताको साथ र आशिर्वाद छ,’–

 



प्रतिक्रिया दिनुहोस्

Screenshot