Logo

‘महिलाहरु प्रत्यक्ष निर्वाचित हुने वातावरण बनाउनुपर्छ’



काठमाडौं, २१ भदौ । जनता समजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले महिलाहरु प्रत्यक्ष निर्वाचित हुने वातावरण बनाउनु पर्ने बताएका छन् ।

समाजवादी महिला संघ बागमती प्रदेश पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आरक्षणको व्यवस्था गरेर महिलाहरु प्रत्यक्ष निर्वाचित हुने वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।

संविधानको धारा ३८ ले महिलाहरुलाई राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने बताएको भन्दै प्रत्यक्षतर्फ एक तिहाई आरक्षणको व्यवस्थाबाट महिलाहरुको प्रतिनिधित्व बढाउँदै पचास प्रतिशतसम्म पुर्याउने प्रावधान आफ्नो पार्टीले २०७४ को चुनावी घोषणा पत्रमार्फत सार्वजनिक गरेको समेत बताए ।

उक्त अवसरमा समाजवादी महिला संघ बागमती प्रदेश समिति पुनर्गठन गरिएको छ । बालकुमारीमा सम्पन्न बैठकले सगनी लामाको अध्यक्षतामा समिति पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्ष लक्ष्मी थापा, सचिव लक्ष्मी देवी श्रेष्ठ र कोषाध्यक्षमा शर्मीला गहतराज रहेका छन् ।

कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, महिला विभाग प्रमुख लिला सिटौला, समाजवादी महिला संघका केन्द्रीय अध्यक्ष निर्मला यादव, कोसी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्बु, केन्द्रीय सदस्य भगवती सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot