काठमाडौं,२१ भदौ । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । महानगरपालिकाले वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर भोलि शोक बिदा दिएको हो ।
उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले विज्ञपमिार्फत जानकारी दिए । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । रिजाल २०७४ र २०७९ सालको दुबै स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए ।