काठमाडौं,२१ भदौ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवमाथि बुधबार भएको खुकुरी प्रहारको घटना र कान्ती बाल अस्पतालमा ५ वर्षीया बालिकाको उपचार नपाएर मृत्यु भएको घटनामा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छ्न ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने अधिकांश सांसदहरुले उक्त प्रकरणबारे सरकारसँग जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारलाई रुलिङ गरेका हुन् ।
सभामुख घिमिरेले भने, ‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’