Logo

शेयर बजारमा लगानी गरेर उत्पादकत्व बढ्दैनः प्रेम सुवाल



काठमाडौं, २१ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शेयर बजारमा लगानी गरेरमात्रै देशको उत्पादन र उत्पादकत्व नबढ्ने बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले विज्ञान, शिक्षा लगायतका विषय पढेकाहरु पनि आफ्नो विशेषज्ञता भएको क्षेत्रमा काम गर्न छोडेर शेयरमा लगानी गरेर मोबाईल कम्प्युटर र ल्यापटप हेरेर बसेको उनको टिप्पणी छ ।

‘विशेषज्ञता हासिल भएका व्यक्तिहरु समेत आफ्नो विशेषज्ञता भएको क्षेत्रमा नलागी एउटै क्षेत्र शेयर लगानीमा लागे । विज्ञान विषयका हरुले विज्ञान विषयमा काम गर्न मिल्थ्यो, शेयरमा लगानी गर्न मिलेन नि । एजुकेशन पढेकाले नयाँ पुस्ता तयार गर्न मिल्थ्यो, शेयर लगानीमा लाग्न भएन,’– उनले भने ।

यसरी आफ्नो विशेषज्ञतामा काम नगरेर शेयर लगानी गरेर कम्प्युटर, ल्यापटप र मोबाईल हेरिराख्दा देशको उत्पादन र उत्पादकत्व नबढ्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्