काठमाडौं,२१ भदौ । नेपालमा पशुपक्षीहरुमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको सङ्क्रमणबाट ५२ हजार भन्दा धेरै पशु मरेका छन् । कृषि तथा पशुपक्षीमन्त्री डा.बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म ५२ हजार भन्दा धेरै पशुको मृत्यु भएको जानकारी दिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले लम्पी स्किनबाट १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्। उनले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे।
हालसम्म उपचारपछि १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।
मन्त्रालयका अनुसार सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको छ।
मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताएका छन् । यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ ।
उनले भने ‘माटो परीक्षण, रोग, कीरा परीक्षण,रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह,सहकारीलाई प्राविधिक तालिम दिइएको छ ’।