Logo

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमणको ‘रुट कज’ सरकार होः गोकूल बास्कोटा



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकूल बास्कोटाले प्रमुख प्रतिपक्षी दलका नेताहरुमाथि आक्रमण हुँदाको सरकारी मौनताका कारण कांग्रेस सहमहामन्त्री महेन्द्र राय यादवमाथि सांघातिक हमला भएको बताएका छन् । उनले उक्त घटना निन्दनीय भएको बताउँदै सत्ता संरक्षणमै हिंसा मौलाएको आरोप लगाएका छन् ।

उक्त घटनालाई लिएर तातेको कांग्रेस कहिलेसम्म अडिन्छ भन्नेमा शंका रहेको उनले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उनको गृहजिल्ला झापामा पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए ।

त्यसैगरी नेता योगेश भट्टराई र पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए । उक्त घटनामा सरकार मौन बसेको एमाले नेता बास्कोटाको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण निन्दनीय छ।तर हिंसा सत्ता संरक्षणमा मौलाएको हो। प्राध्यापक चलाउनेमाथिका हमलाकारीलाई सरकारी माफी र एमाले अध्यक्ष केपी ओली र सचिव भट्टराईमाथिका आक्रमणमाथि सरकारी मौनता यसका रुट कज हुन्। कांग्रेस तातेको छ,तर अडिन्छ कति ? शंका छ।



प्रतिक्रिया दिनुहोस्