Logo

थाइल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटको दौडबाट बाहिरियो नेपाल



काठमाडौं,२२ भदौ । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत सेमिफाइनलको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पारजित भएको छ । थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप छनोटको यात्रापनि समाप्त भएको छ ।

१०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०/१९ रन बनाए । जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।

थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटमात्र गुमाएर एक सय ५ रन जोडेको थियो ।

सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो। नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।

खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्