Logo

सरकार टिकाउने र गिराउनेको खेलले चेपुवामा परेका गौतमले  ३७ दिनमै  गुमाए सभामुख र मन्त्री पद



काठमाडौं,२२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । भदौ ४ गते प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार कोशी सरकार ढाल्ने परमादेश जारी गरेको हो ।

सर्वोच्चको परमादेशसँगै मुख्यमन्त्री थापा र उनी नेतृत्वको मन्त्रिपरिषद् स्वतः पदमुक्त भएको छ । कार्की नेतृत्वको सरकार पदमुक्त गर्दै सर्वोच्चले एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।

कोशी प्रदेशमा सरकार ढाल्ने र नयाँ बनाउने अस्वस्थ प्रतिस्पर्धा चलिरहँदा सबैभन्दा धेरै चेपुवामा परेका पात्र हुन् माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम।

माओवादी केन्द्रको तर्फबाट गएको ४ मंसिरमा भएको निर्वाचनमा ओखलढुंगा प्रदेशसभा (ख)बाट निर्वाचित भएका गौतम तत्कालीन हिक्मत नेतृत्वको सरकारका सभामुखसमेत हुन् ।

गत पुस २७ गते कोशीको सभामुखमा निर्विरोध निर्वाचित भएका गौतम असार १५ गते हिक्मत कार्की नेतृत्वको सरकार ढलेसँगै सबैभन्दा धेरै आलोचित र चेपुवामा परेका छन् ।

कार्की नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन सभामुखकै हैसियतमा हस्ताक्षर गरेपछि गौतम आलोचित बनेका थिए । उनले हस्ताक्षर गरेर बनेको उद्धव थापा नेतृत्वको सरकारविरुद्ध एमाले अदातल गएपछि तत्कालीन थापा नेतृत्वको सरकार २० दिनमै ढलेको थियो । आफ्नो कदम अदालतले सच्याईदिएको बताउँदै सबै दलसँँग मिलेर अगाडि बढ्ने प्रतिक्रिया दिएका गौतमले पुनः कांग्रेस कै नेतृत्वमा सरकार बनाउन गत साउन १७ गते छनाखाँदाको सभामुख पद त्याग गरेका थिए ।

अन्तिम अवस्थासम्म पनि सभामुखबाट राजिनामा दिन नमानेका गौतमलाई केन्द्रीय नेतृत्वले दबाब दिएको चर्चा चलेको थियो । केन्द्रको दबाब थेग्न नसकेपछि गत साउन १७ गते उनले सभामुदबाट राजिनामा दिएका थिए । गौतमले सभामुखबाट राजिनामा दिएपछि बहुमत जुटाएर थापा पुनः दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । साउन १८ गते पद तथा गोपनियताको शपथ लिँदै थापाले सभामुख त्यागेका गौतमलाई मन्त्री बनाएका थिए ।

गौतम सभामुख पदबाट राजिनामा दिएको २४ घण्टा पनि नबित्दै मन्त्री नियुक्त भएपछि उनी मन्त्री बन्नकै लागि सभाुम त्यागेको चर्चा चलने गरेको थयो । तर स्वयं गौतम भने प्रदेशको स्थायित्वका लागि आफुले पद त्याग गरेको प्रष्टीकरण दिँदै हिड्ने गरेका थिए ।

तर सभामुख त्यागेर मन्त्री बनेका गौतमको तत्कालका लागि मन्त्री पद खोसिएको छ । सभामुख छोडेर मन्त्री नियुक्त भएको ३७ दिनमै गौतमले सभामुख र मन्त्री दुबै पद गुमाएका छन् । अब उनी प्रदेश सासद र माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सिमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्