Logo

नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने अधिकार राजदूतहरुलाई छैनः कांग्रेस नेता जबरा



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने अधिकार कुनै पनि राजदूतलाई नभएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही पनि राजदूतले डिक्टेट गरेर यो गर, त्यो नगर भन्ने अधिकार नरहेको बताए ।

‘कुनै पनि देशको राजदूतले कुन देशसँग नेपालले कस्तो रिलेसन राख्नपर्छ भन्ने अधिकार कोहीसँग पनि हुँदैन । चीनियाँ राजदूतको हामीले विरोध गरेको होईन ।’ उनले भने,‘यो भन्दा पहिला अरु देशका राजदूतहरुले पनि यस्ता किसिमका अभिव्यक्ति दिएको बेलामा नेपाली राजनीतिक व्यक्तिहरु र हामी कांग्रेसका साथीहरुले पनि हाम्रो नेपालको परराष्ट्र नीति भनेको स्वतन्त्र परराष्ट्र नीति हो । हामीलाई कोहीले डिक्टेट गरेर यो गर, त्यो गर भन्न मिल्दैन ।’

चीनियाँ राजदूतले डिप्लोम्याट्रिक मर्यादाभन्दा बाहिर गएर बोलेको उनको भनाई छ । अन्तराष्ट्रिय सम्बन्ध समितिका केही सांसदहरुले चीनियाँ राजदूतले मर्यादा मिँचेर बोलेको भन्दै कडा शब्दमा आलोचना भएको उनको भनाई छ ।

‘डिल्पोम्याट्रिक मर्यादाभन्दा बाहिर गएर उहाँ (चीनियाँ राजदूत) ले बोल्नुभयो । त्यसैले हाम्रो अन्तराष्ट्रिय समितिको मिटिङमा अधिकांश संसादहरुको भनाई के थियो भने चीनियाँ राजदूतले मर्यादा मिँचेर बोल्नु भएको छ । कोहीले अलि कडा शब्दमा बोल्नुभयो भने कोहीले अलि सफ्टमा बोल्नुभयो,’– जबराले भने ।

साथै, उनले परराष्ट्र मन्त्रीलाई बोलाएर चीनियाँ राजदूतलाई बोलाएर यसको बारे सुझाव र शर्तक गराउन सुझाव दिएको पनि बताए । चीनियाँ राजदूतको अभिव्यक्तिले नेपाल भारतबीचको सम्बन्धमा असर पार्छ पार्दैन भन्दा पनि नेपालले तेस्रो देशसँग कस्तो सम्बन्ध राख्ने, कुन व्यापार गर्न हुने नहुने भन्न नमिल्ने उनको दाबी छ । उनले कसले बोल्यो भन्दा पनि के बोल्यो भन्नेले अर्थ राख्ने बताए ।



प्रतिक्रिया दिनुहोस्