काठमाडौं,२२ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रले ललितपुरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् ।उनले देशमा भएका ठूला-ठूला राजनैतिक परिवर्तनहरु माओवादीकै कारण सम्भव भएको दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टी अरुभन्दा राम्रो छ । परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो । प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै संघर्ष गरेको हो । देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौं ।’