Logo

रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण



काठमाडौं, २२ भदौ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ स्थित रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ ।

मन्दिरका पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले आज (बिहीबार) बिहान ११ बजे आक्रमण गरेको बताइएको छ । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।

पिपरा बजारस्थित बागमती अस्पतालमा अहिले उनको उपचार भइरहेको बताइएको छ । आक्रमण कसले र किन गरेको हो भन्ने खुल्न बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot