Logo

जसपा केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरिय सङ्गठनको जिम्मेवारी



काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ । पोखराको प्रदेश कार्यालयमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको हो ।

जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरिय सङ्गठन वा समिति गठन वा पुनर्गठन गर्नुपर्ने छ । जसअनुसार गण्डकी प्रदेश समिति पुनर्गठन गर्न केन्द्रीय सदस्य धनप्रसाद तामाङलाई तोकिएको छ ।

केन्द्रीय सदस्य सोम नेपालीलाई शिल्पी दलित विशेष समिति, केन्द्रीय सदस्य पानबहादुर घर्तीलाई समाजवादी आदिवासी जनजाती महासङ्घ, सर्मिला थापा मगर र पासाङ थापा मगरलाई समाजवादी महिला सङ्घ गठन, पुनर्गठनको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्य जुनु पुन मगरलाई साँस्कृतिक महासंघ, केन्द्रीय सदस्य अर्जुन लम्साललाई ट्रेड युनियन महासंघ, केन्द्रीय सदस्य ज्ञानु आचार्यलाई समाजवादी खस÷आर्य सङ्घ गठन पुनर्गठन गर्ने तोकिएको छ ।

गण्डकी प्रदेशले केही केन्द्रीय सदस्यहरुलाई यस अघि नै जिल्ला समिति पुनर्गठनको जिम्मेवारी तोकेको थियो । बैठकले अर्थ समितको प्रमुखमा तेजबहादुर थापा मगरलाई मनोनयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot