Logo

कांग्रेस अब प्रचण्ड नेतृत्वको सरकार बोकेर अघि बढ्न सक्दैनः तरुण दल अध्यक्ष गुरुङ



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बोकेर अगाडि बढ्न नसकिने बताएका छन् ।

आज (शुक्रबार) पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुर प्रहारको विरोधमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन् ।

हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिइएको थियो । अहिले माओवादी खाओवादी भएका छन्,’– विरोध सभालाई सम्बोधन गर्दै उनले भने ।

घटनाले राजावादी र माओवादी भन्ने एकै हुन् कि भन्ने भान भएको उनको टिप्पणी छ । गृहमन्त्रीले राजीनामा नदिएसम्म विरोध प्रदर्शन जारी रहने उनले बताए । कांग्रेसका नेताहरुमाथि दिनदहाडै भएको आक्रमण तरुण दलले टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए ।

संविधान र व्यवस्थाको रक्षाका लागि देशैभरबाट आन्दोलनको तयारी अवस्थामा रहन पनि उनले तरुण दलआवद्ध नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

तस्बिर -मुकुन्द कालिकोटे :रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्