काठमाडौं,२२ भदौ । भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो
अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
अध्यक्षको सचिवालयका अनुसार राष्ट्रियसभामा अहिले जम्मा तीन वटा विद्येयकमात्रै रहेका छन् । अध्यागमन विधेयक विद्यायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भएको छ । त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेका छन् ।
त्यस्तै, विद्युतीय कारोबारसम्बन्धी विद्येयक र राष्ट्रिय मर्यादासम्बन्धी विद्येयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका आठ वटा विधेयक फिर्ता आएका छैनन् ।