Logo

महिला उद्यमी महासंघको अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित



काठमाडौं, २२ भदौ । महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित संघको २०औं साधरण सभा तथा नवौं महाधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएकी हुन् । ज्ञवाली यस अघि उपाध्यक्ष रहेकी थिईन् ।

अध्यक्ष ज्ञवाली नेपाल रिपब्लिक मिडियाको सञ्चालक समेत हुन् । अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध भएका छन् । नवगठित कार्यसमितिमा निरु रायमाझी खत्री (निवर्तमानअध्यक्ष), दर्शना श्रेष्ठ (प्रथम उपाध्यक्ष), सुनिता वैद्य श्रेष्ठ (द्वितिय उपाध्यक्ष), वासन्ती प्रधान (तृतिय उपाध्यक्ष) र महालक्ष्मी श्रेष्ठ (चतुर्थ उपाध्यक्ष) रहेका छन् ।

त्यसैगरी महाससचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी निर्वाचित भएका छन् । कार्यकारिणी सदस्यहरुमा हिमा विष्ट, निता रेग्मी, शोभा श्रेष्ठ, दिकिला शेर्पा लामा, दिपा थपलिया, सरिता तुलाधर, प्रतिभा पाण्डे चयन भएका छन् । यस्तै, शोनी जोशी, कृति श्रेष्ठ, सविता पौडेल, राजकुमारी शर्मा, पार्वति पौडेल, मिना फुलारा र शिला नेपाली निर्वाचित भएका छन् ।

महासंघले निशा केसी र मल्लिका श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको छ । महासंघको रुकुम पूर्व अध्यक्ष तिर्थ पुनसहित रेवती सिंह, सुनिता पाण्डे र तुल्सी शाह कार्यकारिणी समिति सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot