Logo

कोशीका नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने



काठमाडौं,२२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छ्न ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्की आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न भने सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले आज तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका छन् भने सिर्जना राईलाई राज्यमन्त्री बनाएका छन् ।

मेन्याङ्वो ताप्लेजुङ,कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन । भने सिर्जना भोजपुरकी समानुपातिक सांसद हुन् ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीको शपथ लिने तयारी गरेका छ्न । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री नियुक्त भएकी छन् ।

नवनियुक्त मुख्मन्त्री तथा मन्त्री एवं राज्यमन्त्रीले आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ लिने तयारी गरेको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot