Logo

प्रदीप गिरीको जन्मस्थान बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री महत



काठमाडौं, २२ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको बस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व.प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा.महतले प्रदीप गिरी ज्ञानको खानी, सादगी र सरलता सबैका लागि अनुकरणीय रहेको बताए ।

प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं । अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्व अझ बढेको छ ।’

स्वर्गीय गिरीको भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्वका बारेमा मानिसहरुले मन्थन गर्न थालेको उनको भनाई छ । प्रदीप गिरीको जीवनकाल आम जनताले जाने बुझ्न र आत्मसात गर्न सक्नु आवश्यक रहेको उनले बताए । स्वर्गीय गिरीले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान सुरु गरेको उनले स्मरण गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot