Logo

शेखरको आशंका ‘प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्न पनि बेर छैन’



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले अहिलेको अराजकता कांग्रेसको नेतृत्वको सरकार बनेपछि घट्ने बताएका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेमा मानिसहरुलाई प्रजातन्त्र बाँच्छ भन्ने विश्वास हुने उनको भनाई छ ।

आज ( शुक्रबार) काठमाडौंमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले कांग्रेस अहिले गठबन्धन सरकारमा ९ मन्त्रालयसहित सहभागी भएको भएपनि सरकारमा भएको अनुभूति नभएको बताए ।

अहिलेको गठबन्धन निरन्तर रहने गरी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्न आवश्यक रहेको उनले बताए । संसदीय दलको नेता परिवर्तनको परिस्थिति अहिले बनिनसकेको उनले बताए ।

आफूले सरकार परिवर्तन भएर कांग्रेसले नेतृत्व लिनुपर्छ भनेपनि देउवाले मनस्थिति बनाइनसकेको उनको ब्ुझाइ छ । देउवाले सरकार परिवर्तनको मनस्थिति नबनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहज भइरहेको उनले बताए । यस्तै अवस्था रहे प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्न पनि सक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्