Logo

कोशीमा सबै दल मिलेर निकास खोज्नुको विकल्प छैनः मुख्यमन्त्री कार्की



काठमाडौं,२२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई बजेटविहीनताको अवस्थाबाट निकास दिने बताएका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले आइतबारसम्म अध्यादेशमार्फत बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका हुन् ।

उनले प्रदेशको राजनीतिक अवस्था जटिल भएको कारण सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

“कोसी प्रदेशको राजनीतिक परिस्थिति अलि जटिल अवस्थामा पुगेकोले सबै दल मिलेर यसको निकास खोज्नुको विकल्प छैन,” कार्कीले भने, “मैले पहिले पनि सर्वदलीय सरकारका लागि आह्वान गरेको थिएँ । अहिले पनि त्यो आवश्यक छ भन्ने नै मेरो धारणा हो ।”

कार्की बिहीबारको सर्वोच्च अदालतको परमादेश अनुसार संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot