Logo

मलङ्वाको स्थिति अझैं तनावपूर्ण, भोलि विहानसम्म निषेधाज्ञ



काठमाडौं, २३ भदौ । मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच भएको झडपलाई लिएर सर्लाहीको मलङ्वा तनवग्रस्त बनेको छ । हिजो (शुक्रबार) साझ मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो ।

हिजो रातिदेखि अवस्था केही सहज भएपनि आक्रोशित युवाहरुले आज (शनिबार) चोक–चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन र सम्भावित दुर्घटना हुन नदिन अहिले मलङ्वा बजार क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचान गरिएको छ । अहिले पनि स्थिति नियन्त्रणमा लिन प्रहरीले बेला–बेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ ।

हिजो रातिको स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो । स्थिति तनावका कारण आज मलङ्वा बजार ठप्प रहेको छ ।

आज विहान सर्लाही जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेको थियो । बैठकले समाजमा सामाजिक सद्भाव कायम राख्न सबै धर्म, वर्ग र समुदाय समक्ष अपील गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले आज दिउँसो ४ बजेदेखि भोलि विहान ८ बजेसम्म निषेधाज्ञको तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्