Logo

रेशमले सोझासिधा थारुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गरेः सुरेन्द्र चौधरी



काठमाडौं, २३ भदौ । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले रेशम चौधरीले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाएको आरोप लगाएका छन् ।

आज (शनिबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोन गर्दै उनले रेशमले सोझासिधा थारुहरुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गरेको आरोप लगाएका हुन् ।

रेशम व्यक्तिगत स्वार्थ पूरा गर्नेतिर लागेपछि आफूले पार्टी परित्याग गरेको उनको भनाई थियो । नाउपा स्थापनाको उद्धेश्य विपरीत पार्टीमा परिवारवाद हावी भएको उनको टिप्पणी थियो ।

‘उहाँले राजनीतिक रुपमा समाज र चेतनास्तर कम भएका थारुहरुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने नियत देखाएपछि पार्टी त्यागेँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्