Logo

चिनियाँ राजदूतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित छ, सरकारले नोटिसमा राख्नुपर्छः शशांक कोइराला



काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद डा.शशांक कोइरालाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल भारत सम्बन्धका बारेमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए।

डा.कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्