Logo

कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता



काठमाडौं,२४ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको कान्ति बाल अस्पतालमा गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको घटनामा दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

इजिप्टको कायरोमा भएको कार्यक्रममा भाग लिएर स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकाकी गर्दै उनले सो प्रतिवद्धता जनाएकबा हुन् ।

मन्त्री बस्नेतले भने– ‘यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु । समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ । मैले कारबाही नै गर्नुपर्छ भनेको छु ।’

बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरिसकेको छ । सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ । अस्पतालले डा.प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्