Logo

प्रचण्डलाई सुवालको सुझावः असंलग्न परराष्ट्रनीति भन्दाभन्दै देश समाप्त हुने स्थिति आउँदैछ, तपाइँले यसमा ख्याल राख्नुपर्छ



काठमाडौं,२४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अर्को साता हुन लागेको अमेरिका र चीन भ्रमणको बारेमा छलफल गर्न डाकिएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा उपस्थित विभिन्न राजनीतिक दलका नेताहरुले आ-आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।

छलफलका क्रममा नेपाल मजादुर किसान पार्टीका सांसद तथा केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी संसदब्ट पारित गर्नेबेलामा अमेरिकी सेनाहरु नेपाल आउन नसक्ने दाबी गरेपनि अहिले विभिन्न बाहनामा नेपाल आइरहेकोतर्फ सरकारको जवाफसमेत माग गरेका छन् ।

नेपालले असंलग्न परराष्ट्रनीति भन्ने तर सम्बन्धचाहीँ हतियार उत्पादन र विक्री गर्ने देशको पक्षमा रहने गरेको भन्दै युद्ध गर्ने देशको पक्षमा लाग्न नमिल्ने बताए । उनले भने– ‘असंलग्न परराष्ट्रनीति भन्दाभन्दै देश समाप्त हुने स्थिति आउँदैछ, तपाइँले यसमा ख्याल राख्नुपर्छ भनेर प्रधानमन्त्रीलाई भनेको छु । एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भन्नुभयो तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाएँ ।’

सांसद सुवालले केही दिनअघि नेपालका लागि चिनियाँ राजदूतले दिएको विवादास्पद अभिव्यक्तिका बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।



प्रतिक्रिया दिनुहोस्