काठमाडौं,२४ भदौ । विराटनगरबाट भारतीय साढे १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीयाका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विराटनगर–१६ बाट आइतबार पक्राउ परेका उनको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ बरामद भएको छ ।
शंका लागेर प्रहरीले झोला चेकजाँच गर्दा ५०० दरका भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नेपालमा ५०० दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
थप अनुसन्धानको लागि पक्राउ परेका यादव र नगद राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने प्रहरीले जनाएको छ ।